राप्तीमा प्याब्सनकाे राष्ट्रिय लाेक नृत्य छनाैट चरण र हाजिरीजवाफ कार्यक्रम सम्पन – Kanika Khabar
Friday, April 19Nepali News Portal

राप्तीमा प्याब्सनकाे राष्ट्रिय लाेक नृत्य छनाैट चरण र हाजिरीजवाफ कार्यक्रम सम्पन

    मा प्रकाशित

साउन २६, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) काे आयाेजनामा हुन थालेकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि राप्तङ नगर प्याब्सनले छनाैट प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

आज बिहीबार दाङकाे भालुबाङमा आयाेजित एक कार्यक्रमका बिच लाेक नृत्य छनाैट कार्यक्रम सम्पन्न गरेकाे हाे ।

छनाैट चरणमा लिटिल एञ्जल स्कुल राप्ती प्रथम, गाेरखा आइडियल स्कुल द्वितीय र मार्टिन एकेडेमीका विद्यार्थी तृतीय भएका थिए ।

त्यस्तै हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रममा लिटिल एञ्जल स्कुल राप्ती प्रथम, मुनलाइट मावि द्वितीय र गाेरखा आइडियल स्कुल तृतीय भएका छन् ।

राप्ती प्याब्सन का अध्यक्ष शोभाखर भुसालको अध्यक्षता सन्चालित कार्यक्रमको प्रमुख अतिथि राप्ती गा पा शिक्षा शाखा प्रमुख विश्वास बि क रहेका थिए । कार्यक्रमकाे विशिष्ट अतिथि वडा न २ का वडा अध्यक्ष अनुप चौधरी र प्याब्सन लुम्बिनी प्रदेश सदस्य तेज बिस्ट रहेका थिए । अतिथि हरुमा एन प्याब्सन सह सचिब बिक्रान्त ज्ञवाली , प्याब्सन जिला सदस्य बिलोचन चौधरी, रामप्रसाद शर्मा , आइ पि भुसाल , वसन्त पुन ,छवि थापाको उपस्थिति रहेकाे थियो। कार्यक्रमको सहजीकरण दुर्गा भुसालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्