नेपाल सुपर लिग असोज २३ मा गर्ने एन्फाको निर्णय – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपाल सुपर लिग असोज २३ मा गर्ने एन्फाको निर्णय

    मा प्रकाशित

साउन २६, दाङ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मङ्सिर २ गतेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

 

यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय पनि गरेको छ ।

 

बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।

 

यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज दोस्रो साता बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय पनि गरेको छ । असोज ११ मा बङ्गलादेशसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्