आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    मा प्रकाशित

साउन २७, काठमाडौँ ।
आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ । ‘साझा विश्व निर्माणमा अन्तरपुस्ता ऐक्यबद्धता’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

 

परिषद्ले आज काठमाडाँै स्थित भृकुटिमण्डपबाट प्रभातफेरि गर्दैछ । आज बिहान ११ बजे प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितीमा राष्ट्रिय सभामा विशेष कार्यक्रम आयोजना भइरहेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

 

संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औँ साधारण सभाले अगष्ट १२ का दिनलार्ई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात सन् २००० देखि संसारभर प्रत्येक वर्ष अगस्ट महिनाको १२ तारिखका दिन राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेको छ ।

 

नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्