काङ्ग्रेस लुम्बिनी प्रदेश : गठबन्धन राष्ट्रिय आवश्यकता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काङ्ग्रेस लुम्बिनी प्रदेश : गठबन्धन राष्ट्रिय आवश्यकता

    मा प्रकाशित

दाङ, ३० साउन।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकाे छ । प्रदेश समितिकाे आईतवार बुटवलमा बसेकाे बैठकले स्थानीय तह निर्वाचनको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेकाे हाे ।
प्रदेश सभापति अमरसिंह पुनकाे अध्यक्षतामा बसेकाे बैठकले नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरि पार्टीको स्थलगत रिपोर्टिङको लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेकाे लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्याैपानेले जानकारी दिनुभयाे ।

बैठकले पार्टीको कोष बाडफाड गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने, स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष निकालेकाे, विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने र पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघियताको सवलिकरण, स्थानीय शासन प्रणाली र जनता-स्थानीय सरकार र कांग्रेस विचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागी कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको प्रवक्ता न्याैपानेले जानकारी दिनुभयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्