रूपन्देहीमा गाेली चल्दा गुरूङ घाइते – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

रूपन्देहीमा गाेली चल्दा गुरूङ घाइते

    मा प्रकाशित

साउन ३०, रूपन्देही ।

रूपन्देहीमा गाेली चल्दा एक जना घाइते भएका छन् ।
अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका हुन्।

जिल्लाको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन्।

गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन्। गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्