स्थानीय तहका जनप्रतिनिधिहरूलाई काँग्रेसले अभिमुखीकरण दिँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्थानीय तहका जनप्रतिनिधिहरूलाई काँग्रेसले अभिमुखीकरण दिँदै

    मा प्रकाशित

साउन ३०, काठमाडौँ ।
नेपाली काँग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई आजबाट अभिमुखीकरण दिने भएको छ ।

काँग्रेसले पार्टीको तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख÷उप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो ।

आज र भोलि दुई दिनसम्म ललितपुरको सानेपास्थित एक होटलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार आउँदो मङ्सिरमा तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई समेत लक्षित गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न लागेको हो। कार्यक्रममा ७ सयभन्दा बढी जनप्रतिनिधिहरूको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्