प्रज्ञा प्रतिष्ठानका पुस्तक अब अनलाइनबाट किन्न सकिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रज्ञा प्रतिष्ठानका पुस्तक अब अनलाइनबाट किन्न सकिने

    मा प्रकाशित

साउन ३०, काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू अब अनलाइनबाट किन्न सकिने भएको छ । हालसम्म प्रतिष्ठानले छापेका पुस्तक खरिदका लागिकाठमाडौँको कमलादीस्थित प्रतिष्ठानमै वा अरु पुस्तक पसलमा भौतिक रुपमै उपस्थित हुनुपथ्र्यो ।

अब भने विभिन्न वालेट प्रयोग गरी अनलाइनबाट किताव खरिद गर्न सकिने व्यवस्था गरिएको प्राज्ञ हरि तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार अनलाइनबाटै पुस्तक किन्न सकिने प्रणालीको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै हुनुहुन्छ ।

प्रज्ञाले सुरुमा ३५ पुस्तक अनलाइनबाट खरिदबिक्रीको व्यवस्था गरेको छ । बिहान १० बजेपछि प्रतिष्ठानमा हुने विशेष समारोहका बीच प्रधानमन्त्री देउवाले ३७ औँ प्राज्ञ सभाको पनि उद्घाटन गर्नुहुने तिमल्सिनाले जानकारी दिनुभयो । साहित्यकार परिचयपत्र वितरणको सुरुवात पनि आजैबाट गरिने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्