प्रहरी परिचालन गरेर फोहोर विसर्जन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रहरी परिचालन गरेर फोहोर विसर्जन

    मा प्रकाशित

साउन ३०, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो ।

 

आज बिहान सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो । तर दिउँसोसम्म उक्त अवरोध हटाइएको छ ।

 

बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिए पनि त्यहीँ रोकेर राखेका थिए ।त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू तितरबितर भएका छन् । फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।

 

नेपाली काँग्रेस धुनीबेंसी नगरपालिका १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धिताल लगायतविरुद्ध उजुरी परेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्