टिकट वितरणमा सबैलाई न्याय हुन्छ : प्रधानमन्त्री देउवा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

टिकट वितरणमा सबैलाई न्याय हुन्छ : प्रधानमन्त्री देउवा

    मा प्रकाशित

साउन ३०, काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज ललितपुरमा भएको कार्यक्रममा उहाँले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो ।

आगामी निर्वाचनमा काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उहाँले बताउनुभयो ।

आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाको भनाइ रहेको थियो । कति ठाउँमा उम्मेद्वार दिइयो भन्दा पनि कति ठाउँमा जितियो भन्ने बिषय मुख्य हुने प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्