इजरायलले थप एक हजार कामदार लैजाने – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

इजरायलले थप एक हजार कामदार लैजाने

    मा प्रकाशित

साउन ३०, काठमाडौँ ।
इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपाल स्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएको छ ।

 

आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले यस्तो जानकारी गराउनुभएको हो । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो ।

 

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आज मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्