सुकीलाई ६ वर्ष जेल सजाय – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

सुकीलाई ६ वर्ष जेल सजाय

    मा प्रकाशित

एजेन्सी ।

म्यानमारकी नेतृ नेतृ आङ सान सुकीलाई ६ वर्ष जेल सजाय सुनाइएकाे छ ।

सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको हाे ।

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ ।

आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्