आजदेखि नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम सुरू – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

आजदेखि नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम सुरू

    मा प्रकाशित

साउन ३१, काठमाडौं ।

आजदेखि नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम सुरु हुँदैछ ।

३९‌औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम हुन थालेकाे हाे ।

 

रक्षा मन्त्रालयको स्वीकृतिमा २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास सञ्चालन हुन थालेको थियो ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्