हाेटलमा सँगै बसेका पुरूष र महिला मृत फेला – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हाेटलमा सँगै बसेका पुरूष र महिला मृत फेला

    मा प्रकाशित

साउन ३१, दाङ ।

हाेटलमा सँगै बसेका एक पुरूष र महिला मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा दाङकी एक महिला र धादिङका एक पुरुष रहेका छन ।

दाङकाे सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी र धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

सोमबार साँझ बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलमा दुबै जनासँगै बास बसेका थिए । मंगलबार बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेकी थिईन भने भुजेल झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरु बसेको कोठाको तन्ना र तौलियामा रगत लागेको पाइएको छ ।
घटनाको प्रकृति हेर्दा महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्