‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुभारम्भ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुभारम्भ

    मा प्रकाशित

३१ साउन, दाङ ।
दाङमा सबै बालिकाहरुको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुभारम्भ गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको समन्वयमा सामाजिक अभियन्ता बिमला योगीले कुनै पनि बालिका शिक्षा पाउनबाट वन्चित नहोऊन भन्दै सबैलाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउन यो कार्यक्रम ल्याउनुभएको छ ।

केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा शैक्षिक एवम् सामाजिक व्यक्तित्व गोविन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुभारम्भ गरिएको हो । उहाँका अनुसार, संस्थाको ४० लाख र आफ्नो व्यक्तिगत १० लाख गरी कुल ५० लाख लगानी गरी ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुरु गरिएको छ ।

May be an image of 4 people and people standing

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले स्थानीय सरकारले गर्नुपर्ने काममा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील योगीबाट निस्वार्थ भावले कामको थालनी गरिनुले सरकारलाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । यो अभियान समाज र शिक्षा क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणाको श्रोत बनेको बताउनुभयो । शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्थानीय तहको जिम्मेवारी आफैले लिएर पालिकाको दायित्व पूरा गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि सामाजिक जागरणका लागि थालिएको यो अभियान निकै अनुकरणीय रहेको बताउनुभएको छ । बालिकालाई शिक्षित बनाउँदै उनीहरुको स्वास्थ्यमा बेलैमा ध्यान दिँदै स्वस्थ बनाउन यो अभियान समाजका लागि निकै उपयोगी रहेको उनीहरुको भनाई थियो ।

‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ की अभियन्ता योगीले सबै तहका बालिकाहरु शिक्षाबाट र स्वास्थ्यबाट वन्चित नहोऊन् र उनीहरु स्वस्थ र शिक्षित भएमात्रै समाज र राष्ट्र स्वस्थ हुन्छ भन्ने मान्यताका साथ यो अभियान शुरु गरेको बताउनुभयो । यो अभियान अन्तर्गत बालिकाको शिक्षा, उनीहरुको स्वास्थ्य समस्यालाई सम्बोधन गर्न निशुल्क सेनिटरी प्याड, अन्य उपचार र स्वास्थ्य सचेतनामा लगानी हुनुका साथै सामाजिक जागरणका क्षेत्रमा पनि अभियान संचालन हुने उहाँले बताउनुभयो ।

यसैबीच, संस्थामार्फत पढिरहेका बालबालिकाहरुलाई आज शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको छ । संस्थाकी लक्ष्मी गुप्ताका अनुसार, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरेर हाल ६ सय बढी बालबालिकाहरुको शिक्षामा संस्थाले लगानी गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्