आज सुदूरपश्चिमममा सार्वजनिक विदा – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज सुदूरपश्चिमममा सार्वजनिक विदा

    मा प्रकाशित

भदौ १, दाङ ।
आज भदौ १ गते । आजको दिनलाई ओल्के पर्व पनि भनिन्छ । त्यसो त सुदूरपश्चिममा ओल्के संक्रान्तिका रुपमा मनाइन्छ आजको दिनलाई। ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ।

ओल्के संक्रान्तिका अवसरमा आज बुधबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्