मोतीराम भट्टको १५७औँ जन्मजयन्ती मनाइँदै – Kanika Khabar
Monday, November 28Nepali News Portal

मोतीराम भट्टको १५७औँ जन्मजयन्ती मनाइँदै

    मा प्रकाशित

भदौ १०, दाङ ।
युवा कवि मोतीराम भट्टको १५७औँ जन्मजयन्ती मनाइँदै छ ।साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्।
राष्ट्रिय विभूतिसमेत रहेका उनको १५६ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो ।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको थियो । कुशे औँसीका दिन जन्मेका उनको वि।सं। १९५३ कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।
युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकार बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्