आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने

    मा प्रकाशित

दाङ,१७ भदौ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङ आईटिएफ तेक्वान्दो खेलको जिल्लास्तरीय छनौट प्रतियोगिता भोलि शनिबार हुने भएको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको समन्वयमा खेलाडी छनोट प्रतियोगिता हुन थालेको हो ।

घोराहीस्थीत नारायण सल्यानी स्मृति भवनमा हुने जिल्लास्तरीय छनोट प्रतियोगितामा ८०-९० जनासम्म खेलाडीहरुको सहभागीता रहने दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार छ्नोट प्रतियोगिता शनिबार बिहान ८ बजेदेखि सुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुँदै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्