घाेराहीमा प्रअ भेला सम्पन्न – Kanika Khabar
Friday, March 29Nepali News Portal

घाेराहीमा प्रअ भेला सम्पन्न

    मा प्रकाशित

भदाै २५, दाङ ।

प्याब्सन घोराही नगर समितिको प्रधानाध्यापक भेला आज घोराहीमा सम्पन्न भएको छ ।

भेलाले घोराही नगर भित्रका विद्यालयमा दसैं तिहार विदा असोज १३ देखि कार्तिक १३ सम्म गर्ने निर्णय गरेको छ ।

प्याब्सन घोराही नगर अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहाकार बिनय कुमार मिश्रको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलाले विद्यार्थी भर्ना गर्दा अनिवार्य सर्टिफिकेट लिने ब्यब्स्था गर्ने , असोज ८ गते दशै मिलन तथा वनभोज कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

कार्यक्रमका वक्ताहरुले बिद्यालयले शुल्क घटाउनु भन्दा गुणस्तर बढाउनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । विद्यालयमा एकरुपता ल्याउन समय समयमा बिषयगत शिक्षकको भेला राखी अनुभव आदानप्रदान गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा प्याब्सन दाङका सचिव आदिम के सी सदस्य निमानन्द गैरे लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन घोराही समितिका सचिव बालकृष्ण ओलीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्