जसपाको दाङ जिल्ला समिति माओवादी केन्द्रमा समाहित – Kanika Khabar
Friday, April 19Nepali News Portal

जसपाको दाङ जिल्ला समिति माओवादी केन्द्रमा समाहित

    मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला समिति कमिटि नेकपा मााओवादी केन्द्रमा समाहित भएको छ । जसपाको दाङ जिल्ला समिति एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेस गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनुभयो ।

जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा, उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति माओवादीमा समाहित भएको हो । यस्तै जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेस गर्नुभएको छ ।

नव प्रवेसीहरुलाई नेकपा माओवादी कैनद्रका केन्द्रिय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्नुभएको छ । नयाँ प्रवेसीलाई स्वागत गर्दै महराले माओवादीमा प्रवेस गर्दा गौरव गर्न आग्रह गर्नुभयो । सबै नयाँ प्रवेसीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नव प्रवेसी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस ।

पार्टी प्रवेस कार्यक्रम तथा क्षेत्रीय बैठकको प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष महराले गठबन्धनका विचमा सिटबाँडको विषय अन्तिम चरणमा प्रवेस गरेको पुगेको बताउनुभयो । नेता महराले प्रतिनिधिसभाको लागि हाल सम्म एकसय सिटको बाँठफाँड टुङगिसकेको बताउनुभयो । उहाँका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको बाँकी विषयलाई माओवादी आन्दोलन थप विषय पूरा गर्दै जाने बताउनुभयो ।

शनिवार लमहीमा भएको पार्टी प्रवेस कार्यक्रममा एकसय ६६ जना जसपाका पार्टी परित्याग गरी माओवादीमा प्रवेस गरेको माओवादी दाङ जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीले जिल्लामा घर फर्क अभियान संचालन गरि माओवादी छाडेर अन्य पार्टीमा पुगेकालाई फर्काउने अभियान समेत संचालन भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्