कर्णालीमाथि पुलिस क्लबले निकाल्यो सहज जित – Kanika Khabar
Saturday, June 14Nepali News Portal

कर्णालीमाथि पुलिस क्लबले निकाल्यो सहज जित

    मा प्रकाशित

भदौ २६, काठमाडौँ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । जसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए । पवन सरार्फ १ रनमा अविजित रहे । पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अङ्क बनाएको छ । पुलिस शीर्ष स्थानमा उक्लिएको छ ।

कर्णाली प्रदेशको भने ३ खेलबाट २ अङ्क रहेको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा ३ विभागिय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्