ज्ञानसिन्धु क्याम्पसमा नेविसंघको इकाइ गठन – Kanika Khabar
Friday, May 16Nepali News Portal

ज्ञानसिन्धु क्याम्पसमा नेविसंघको इकाइ गठन

    मा प्रकाशित

दाङ,२६ भदौ ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको ज्ञानसिन्धु क्याम्पसमा नेपाल विद्यार्थी संघ गठन गरिएको छ ।

क्याम्पसमा आइतवार भएको विद्यार्थीहरुको भेलाले पुजा वलीको अध्यक्षतामा ४५ सदस्यीय नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विशाल खत्री र कृष्णा गोपाल बस्नेत, सचिवमा निधि शर्मा,सहसचिवमा सावित्रा डाँगी र नुमाकान्त चौधरी र कोषाध्यक्षमा देवा केसीलगायतका रहेका छन् । त्यसैगरी समितिको सदस्यमा प्रतिमा चौधरी, सरिता बस्नेत, मनिसा अधिकारी, सम्झना चौधरीलगायतका रहेका छन् ।

नेपाल विद्यार्थी संघ नेता तथा नेपाल संस्कृति संघका केन्द्रीय सदस्य राजेन्द्र दाहालको अध्यक्षतामा भएको भेलामा नेपाल विद्यार्थी संघका बारेमा नेपाल विद्यार्थी संघका नेता रुद्रमणी रेग्मीले जानकारी गराएका थिए । नेपाल विद्यार्थी संघका नेता मनोज डिसीको स्वागत मन्तव्यवाट सुरु भएको भेलाको सहजीकरण एकराज डिसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्