मा प्रकाशित
भदौ २७, काठमाडौँ ।
सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले आगामी निर्वाचनका लागि सिट बाँडफाँडको विषय आज टुङ्ग्याइने दावी गरेका छन् ।
बैठक अहिले केही बेरमा सुरु हुने र कार्यदलको प्रस्तावका आधारमा छलफल हुने नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको बैठकमा कार्यदलले गरेका कामकारबाही, सहमतिका बारेमा शीर्ष नेताहरूलाई जानकारी गराइएको थियो ।
प्रतिनिधि सभाको १ सय ६५ सिटमध्ये कसलाई कति सिट दिने भन्नेमा सरकारमा रहेका दलबीच सहमति हुन सकिरहेको छैन ।