वर्षाको क्षति भोगेका व्यवसायीलाई सहयोग – Kanika Khabar
Thursday, September 19Nepali News Portal

वर्षाको क्षति भोगेका व्यवसायीलाई सहयोग

    मा प्रकाशित

भदाै २७, दाङ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले गएको जेठ १४ गते भारी वर्षाकोे कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पुगेकालाई सहयोग रकम प्रदान गरेको छ ।

संघले सोमवार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गरेको हो । संघले युनिक स्टेशनरी एण्ड फोटोकपी, खनाल इलेक्टोनिक्स, वागेश्वरी किराना पसल, स्वर्गद्धारी डेकोरेशन सेन्टर, इत्सा तेल मिल, न्यु नेपाल मोर्टरपार्टस, बुढाथोकी स्टोर्स र निधि ग्रिल उद्योगलाई सहयोग रकम प्रदान गरेको हो ।

संघले ८ जनालाई क्षति पुगेको आधारमा सहयोग रकम प्रदान गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई सानो भए पनि सहयोग पुगोर भनेर यस प्रकारको सहयोग प्रदान गरिएको उनले बताए । ‘हामीले उद्योगी तथा व्यवसायीहरुलाई घाउमा मलम लगाउने काम मात्र गरेका हौ’ उनले भने ।

संघले उद्योगी तथा व्यावसायीहरुलाई अप्ठेयारो पर्दा सहयोग गर्नका लागि सुरक्षा कोष स्थापना गरिएको उनले बताए । पानी परेपछि डुवान हुने समस्याको समाधानका लागि संघले सम्वन्धीत निकायमा पहल गरि राखेको अध्यक्ष वुढाथोकीको भनाइ रहेको छ ।
क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुको पुगेको क्षतिको आधारमा वर्गीकरण गरेर विवरण लिएको क्षति सङंकलन समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जानकारी दिए । क्षति अन्य उद्योगी तथा व्यावसायीहरुको भए पनि संघका सदस्य तथा संघमा नविकरण भएका लाइ मात्र सहयोग रकम प्रदान गरिएको उनको भनाइ रहेको छ । ‘
पीडित व्यावसायी टीकाराम खनालले बर्षनी आफुहरु डुवानमा पर्ने गरेको बताए । हरेक वर्ष हुने डुवाको दिर्घकालीन समस्या समाधान गरिदिन संघला उनले आग्रह गरे ।

पटक पटक समस्याको समाधान गर्न आग्रह गरे पनि समस्याको समाधान हुन नसकेको उनको भनाइ रहेको छ । भारी वर्षा बाट उद्योग तथा व्यवसायमा क्षति पुगेपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले क्षति सङकलनका लागि संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको नेतृत्वमा क्षतिको सङकलन गरिएको थियो ।

समितिका सदस्यहरुमा विकास वली, जगतप्रसाद आचार्य, जुद्धवहादुर घर्ती र लिलाराम खड्का रहेका थिए । समितीले स्थलगत रुपमा सङकलन गरेको विवरण अनुसार सहयोग गरिएको हो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, सदस्य विकास वली, वशन्त पोख्रेल लगायतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्