चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चार दिने भ्रमणको लागि काठमाडौँमा – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चार दिने भ्रमणको लागि काठमाडौँमा

    मा प्रकाशित

भदौ २७, दाङ ।
चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौँ आउनुभएको छ । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आउनुभएकालीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ । उहाँ विमानस्थलबाट सिधै उहाँलार्ई बस्न व्यवस्था गरिएको होटल सोल्टी जानुभएको छ ।

कार्यसूची अनुसार उहाँले आजै सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट गर्नुहुने छ । भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ ।

भोलि लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नु हुनेछ ।
भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग उहाँको भेटवार्ता हुने तय भएको छ । परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अपरान्ह ४ बालुवाटार पुग्ने कार्यक्रम रहेको छ । भ्रमणको तेस्रो दिन उहाँ बुधवार बिहान भक्तपुर भ्रमण गर्न जानुहुनेछ ।

त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँको भेट हुनेछ । राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुनःभेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बिहीवार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्