दुई देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ – Kanika Khabar
Thursday, June 19Nepali News Portal

दुई देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

    मा प्रकाशित

भदौ २७, काठमाडौँ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले आजपद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्का लगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्