पाकिस्तानलाई सहयोग गर्ने सरकारको निर्णय – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

पाकिस्तानलाई सहयोग गर्ने सरकारको निर्णय

    मा प्रकाशित

भदौ २७, काठमाडौँ ।
सरकारले बाढी प्रभावित देश पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

 

बाढीबाट प्रभावितहरूको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रूपैयाँ बराबरको राहत सामग्रीहरू प्रदान गर्ने मन्त्रिपरिषद् निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । सरकारले उक्त विपदमा परि मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रतिसमवेदना र घाइतेहरूकोस्वास्थ्यलाभको कामना समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्