राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण – Kanika Khabar
Monday, April 21Nepali News Portal

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण

    मा प्रकाशित

भदौ २८, काठमाडौँ ।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश भएका ५ विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गर्नुभएको हो ।

 

तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको हो ।

 

यस्तै, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणिकरण भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्