भदौ २८, काठमाडौँ ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सभामुख ली चाङ्सु उच्च स्तरिय भेटघाटमा व्यस्त रहनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका सभामुख चान्सुबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुइ देशबीचका बिबिध बिषयमा छलफल भएको थियो ।
लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग पनि भेटवार्ता गरिसक्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी रहेको थियो ।
हिजोदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गर्नुभएको थियो । लीले आज दिनभर उच्चस्तरिय भेटवाघाटलाइ जारी राख्नुभयो । ली को भ्रमणका कारण राजधानीका सडकमा ट्राफिक व्यवस्थापन प्रभावित भएको छ।