जबरालाई आज पूरक प्रश्न साेधिने – Kanika Khabar
Monday, July 14Nepali News Portal

जबरालाई आज पूरक प्रश्न साेधिने

    मा प्रकाशित

भदाै २९, दाङ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न साेधिने भएकाे छ ।
महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने भएको हाे ।

हिजोसम्म समितिले तयार पारेका ४३ प्रश्नको जवाफ जबराले दिए पछि आज पूरक प्रश्न सोध्नका लागि जबरालाई बिहान ९ बजे बस्ने बैठकमा बोलाइएको छ।

यसअघि १३ दिनमा समितिका ४ वटा बैठक बसेको थियो। प्रतिनिधिसभाका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिने भएपछि समितिले अबको एक-दुई दिनमा महाअभियोसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिने समितिको तयारी छ।

बयान सकिने अन्तिम दिन जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गर्दै सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई आग्रह गरेका थिए।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्