मुलुकको शोधनान्तर स्थित चालु आर्थिक वर्षको पहिलो महिनामै २२ अर्बभन्दा बढी घाटामा – Kanika Khabar
Monday, September 16Nepali News Portal

मुलुकको शोधनान्तर स्थित चालु आर्थिक वर्षको पहिलो महिनामै २२ अर्बभन्दा बढी घाटामा

    मा प्रकाशित

भदौ ३०, काठमाडौँ ।
मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै घाटामा गएको छ ।नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो ।

 

सो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँले शोधनान्तर स्थिति घाटामा थियो ।अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने १७ करोड ७७ लाख डलरले घाटामा गएको हो ।

 

साउनमा चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको यस महिनामा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यस महिनामा ३९ करोड ७४ लाखले चालु खाता घाटामा रहेकोमा यस वर्ष १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

 

राष्ट्र बैङ्कका अनुसार पूँजीगत ट्रान्सफर साउनमा १७ दशमलव ७ प्रतिशतले बढेर ८० करोड ३ लाख कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्