महाभियोग सिफारिस समितिसमक्ष उपस्थित हुन नसक्ने चार पूर्व प्रधानन्यायाधीशको भनाइ – Kanika Khabar
Thursday, September 19Nepali News Portal

महाभियोग सिफारिस समितिसमक्ष उपस्थित हुन नसक्ने चार पूर्व प्रधानन्यायाधीशको भनाइ

    मा प्रकाशित

भदौ ३०, काठमाडौँ ।
चार जना पूर्वप्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिलाई पत्र लेख्दै समितिसमक्ष उपस्थित हुन नसक्ने बताएका छन् ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले महाभियोग सिफारिस समितिलाई पत्र लेख्दै स–शरीर उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।

महाभियोगपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिसमक्ष बयान दिने क्रममा पूर्व प्रधानन्यायाधीशहरूमाथि पनि विभिन्न आरोप लगाउनुभएको थियो ।

बयानका क्रममा जबराले नाम लिनुभएका र आरोप लगाउनुभएकाहरूलाई समितिले बोलाएको थियो। तर, पूर्वप्रधानन्यायाधीशहरूले उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्।यस्तै अभियुक्तले कसैमाथि दाबी या आरोप लगाउन नमिल्ने पनि पत्रमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्