अहिलेको शासन प्रणालीमा नै सुधार आवश्यक : प्रचण्ड – Kanika Khabar
Sunday, July 20Nepali News Portal

अहिलेको शासन प्रणालीमा नै सुधार आवश्यक : प्रचण्ड

    मा प्रकाशित

भदौ २४, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको शासन प्रणालीमा नै सुधारको आवश्यकता औँल्याउनुभएको छ । काठमाडौँमा आज आयोजीत एक कार्यक्रममा प्रचण्डले भ्रष्टाचार बढ्नुको कारण बारे बोल्दै यसमा एक व्यक्ति जिम्मेवार हो या अहिलेको शासन प्रणाली? भन्नेमा विचार गर्नुपर्ने बताउनुभएको हो ।

 

नेपालमा भ्रष्टाचारीलाई स्थान नदिने शासन प्रणलीको विकास गर्न जरुरी रहेको उहाँको भनाई थियो । निर्वाचन प्रणाली र शासन प्रणाली सुधारेर मात्रै अहिलेको विकृति, विसङ्गतिसुधार्न सकिने उहाँले बताउनुभयो ।

 

त्यस्तै अध्यक्ष प्रचण्डले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको भन्दै नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्