नेपाली काङ्ग्रेस : समानुपातिक उम्मेदवार क्लष्टरको आधारमा छनोट गर्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपाली काङ्ग्रेस : समानुपातिक उम्मेदवार क्लष्टरको आधारमा छनोट गर्ने

    मा प्रकाशित

भदौ ३०, काठमाडौँ ।
नेपाली काँग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी आठ सहमहामन्त्रीलाई दिएको छ ।

कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूची तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरूलाई दिएको छ ।काँग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरूले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् ।

समावेशिताको क्लष्टर र पार्टीले बनाएको मापदण्डलाई आधार बनाएर नाम अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको नेता अर्जुनरसिंह केसीले बताउनुभयो । उहाँले आएको नामहरूमा क्लष्टर र मापदण्ड हेरेर को कसलाईलाई प्राथमिकता दिने भनेर सहमहामन्त्रीहरूले रिपोर्ट बुझाउने पनि बताउनुभयो ।

समावेशिताका लागि मुस्लिम, थारु, महिला, जनजाति, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लष्टर छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्