आसन्न निर्वाचन : हालसम्म १८ अर्ब रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित – Kanika Khabar
Sunday, September 15Nepali News Portal

आसन्न निर्वाचन : हालसम्म १८ अर्ब रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित

    मा प्रकाशित

भदौ ३०, काठमाडौँ ।
अर्थ मन्त्रालयले आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ दिइनेछ भने सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ । तर, आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थ मन्त्रालयसँग मागेको थियो ।

यता सुरक्षा निकायलाई पनि अर्थले १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन भनिसकेको छ ।यस्तै, निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिने अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुयभो ।

मन्त्रालयले सबैले मागे जति रकम भन्दा पनि कति खर्च लाग्छ सो आधारमा स्रोत सुनिश्चित गरिएको जनाएको छ ।

आगामी मङ्सिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन हुँदैछ । आगामी निर्वाचनका लागि विभिन्न निकायले आफ्ना आफ्नै तरिकाले तयारी गरिरहेका छन् भने यता दलका नेता तथा कार्यकर्ताहरु पनि उम्मेदवारका लागि सिफारिस भइरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्