असोज १, काठमाडौँ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताउनुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरू त सानो झिल्को मात्र रहेको बताउनुभयो । यसलाई सम्बोधन गर्न नसके गाउँठाउँमा त प्रभाव नपर्ला, तर शहरी क्षेत्रहरूमा त्यति सहजै चुनाव जित्ने अवस्था नरेको उहाँको भनाइ रहेको थियो ।
भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शीर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको पनि बताउनुभयो । राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिलेसम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो ।