विश्व बैङ्कले नेपाललाई ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण दिने – Kanika Khabar
Sunday, September 15Nepali News Portal

विश्व बैङ्कले नेपाललाई ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण दिने

    मा प्रकाशित

असोज २, काठमाडौँ ।
विश्व बैङ्कले नेपाललाई ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । बैङ्कले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर अर्थात ३४ अर्ब ९६ करोड रुपैयाँ र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर अर्थात १८ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो ।

 

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको संयुक्त उपस्थितिमा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भीसले हस्ताक्षर गर्नुभएको हो । यस अन्तरगत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु अनुकूलित चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ ।

 

विशेष गरी महिला उद्यमी र व्यापारीहरूलाई आर्थिक अवसरहरू वृद्धि गर्र्ने यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । यस्तै यस आयोजनाले ब्रोडब्यान्ड ईन्टर्नेट सेवाहरूको पहुँच बढाउन निजी क्षेत्रको पुँजी परिचालन गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्