सहमतिपछि मिटर ब्याज पीडितहरू घर फर्किए – Kanika Khabar
Friday, May 23Nepali News Portal

सहमतिपछि मिटर ब्याज पीडितहरू घर फर्किए

    मा प्रकाशित

असोज २, काठमाडौँ ।
काठमाडौँको माइतीघरमा ४७ दिनदेखि आन्दोलनरत मिटर ब्याज पीडितहरू घर फर्किएका छन् । हिजो गृहमन्त्री बालकृष्ण खाँणले एक साता भित्र पीडितहरूको माग पूरा गर्ने बताउनु भएपछि पीडितहरू घर फर्किएका हुन् ।

 

माइतीघरमा आज पत्रकार सम्मेलन गर्दै मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले आजदेखि आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो । सरकारले आफ्नो माग पूरा नगरे पुनः आन्दोलनमा उत्रने उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्