आज प्रमुख दलहरूले समानुपातिकतर्फको बन्दसूची पेश गर्दै – Kanika Khabar
Sunday, July 20Nepali News Portal

आज प्रमुख दलहरूले समानुपातिकतर्फको बन्दसूची पेश गर्दै

    मा प्रकाशित

असोज ३, काठमाडौँ ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज प्रमुख दलहरूले बन्दसूची पेश गर्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले आजसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गरिसक्नुपर्ने छ ।

 

आयोगले बन्दसूची बुझाउन दिएको पहिलो दिन हिजो २ वटा दलले मात्रै समानुपातिक तर्फको बन्दसूची पेश गरेका छन् । आज भने नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका प्रमुख दलले बन्दसूची पेश गर्नेछन् ।

 

आगामी चुनावबाट सङ्घीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन् । राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्