साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेशबीच खेल हुँदै – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेशबीच खेल हुँदै

    मा प्रकाशित

असोज ३, दाङ ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको खेलबाट साफले नयाँ च्याम्पियन टोलीसमेत पाउनेछ ।

 

नेपाल ४ पटक उपविजेता बन्दा बङ्गलादेश १ पटक उपविजेता बनेको छ । आजको खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्