मा प्रकाशित
असोज ३, दाङ ।
नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।
आज सोमबार निर्वाचन आयोगमा पुगेर नेकपा एसका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो ।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरूले पनि बुझाउने तयारी गरिरहेका छन् ।