असोज ३, सोलुखुम्बू ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायाम गरेको दाबी गर्नुभएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै प्रचण्डको संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।
सङ्घीय निजामती ऐन र सुरक्षा ऐन बनाउन बाँकी रहेको तथा संविधानको सफल कार्यान्वयन मार्फत तल्लो तहलाई अधिकारसम्पन्न बनाउने ठूलो अभिभारा पनि बाँकी नै रहेको उहाँको भनाइ रहेको थियो । उहाँले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताउनुभयो ।
कार्यक्रममा एकै साथ ५० शैयाको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ ।