डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक सङ्घको माग – Kanika Khabar
Sunday, September 15Nepali News Portal

डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक सङ्घको माग

    मा प्रकाशित

असोज ३, काठमाडौँ ।
नेपाल चिकित्सक सङ्घले धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । सङ्घका महासचिव डाक्टर बद्री रिजालले आज विज्ञप्ति जारी गर्दे डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै जीवन रक्षा गर्न माग गरेका गर्नुभएको हो ।

 

८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।

 

मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शङ्का भएको हुनाले अन्य थप जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणको लागि अस्पतालले सल्लाह दिएको छ ।

 

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने डाक्टर केसीको माग रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्