बैदेशिक रोजगारीका लागि स्वीकृति : साउनको तुलनामा भदौमा २१ प्रतिशतले बढी – Kanika Khabar
Friday, April 19Nepali News Portal

बैदेशिक रोजगारीका लागि स्वीकृति : साउनको तुलनामा भदौमा २१ प्रतिशतले बढी

    मा प्रकाशित

असोज ३, दाङ ।
वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

 

गएको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको सङ्ख्या २१ प्रतिशतले बढेको छ । विभागका अनुसार श्रम स्वीकृति लिएकाहरूमध्ये ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला छन् । विषेश गरि खाडी तथा युरोपेली मुलुकमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

 

तीमध्ये सबैभन्दा धेरै ३५ हजार ३७२ जनाले मलेसियामा जानको लागि श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, ११ हजार ७७५ जनाले कतारको लागि, ८ हजार ३६५ यूएईका लागि श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

 

यस्तै, श्रम स्वीकृति लिएकामध्ये उच्च दक्ष कामदारको सङ्ख्या १३, पेशागत कामदारको सङ्ख्या १४६, अर्धदक्ष कामदारको सङ्ख्या ५ हजार ९२ शीप भएका कामदारको सङ्ख्या ४६ हजार ६९ र शीप नभएका कामदारहरूको सङ्ख्या २५ हजार ८३ छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्