‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि सिफारिस – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि सिफारिस

    मा प्रकाशित

असोज ३, दाङ ।
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।

 

समितिको आज बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो ।

 

सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशितऐना झ्यालको पुतलीले सहभागिताका लागि आवेदन दिएका थियो ।

 

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता लगायत पक्षलाई ख्याल गरी ऐना झ्यालको पुतलीलाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्