मा प्रकाशित
असाेज ३, काठमाडौं ।
काठमाडौंको गाेठाटारमा अज्ञात समुहको गाेलीबाट घाइते भएका माेहम्मद दर्जीकाे मृत्यु भएकाे छ । जिल्लाकाे कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको हाे ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।