गठन्धनमा अझै खुलेन सिट बाँडफाँडको गाँठो : गठबन्धनको चुनावी रणनीति ‘कुहिरोभित्रको काग’ जस्तै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गठन्धनमा अझै खुलेन सिट बाँडफाँडको गाँठो : गठबन्धनको चुनावी रणनीति ‘कुहिरोभित्रको काग’ जस्तै

    मा प्रकाशित

असोज ४, दाङ ।
सत्ता साझेदार राजनीतिक दलहरुलाई चुनावी गठबन्धन निल्नु न ओकेल्नु हुन थालेको छ । सिट बाँडफाँडका लागि पटक पटक बैठक बसे पनि कुुनै बैठकले साकार रुप लिन सकेका र्छैनन् । सिट बाँडफाँडको टुङ्गो नलाग्नाले गठबन्धनको चुनावी गतिविधि जनस्स्तरमा अझै पुग्न सकेको छैन । परिणामतः गठबन्धनको चुनावी गतिविधिमा ढिलाई हुनेमा कुनै शङ्का नै छैन । सिट बाँडफाँड, उम्मेदवारी चयन लगायतका काम बाँकी नै रहँदा चुनावी रणनीति मतदाता प्रशिक्षण लगायतका संवेदनशील कार्यको सुरसारै हुन सकेको छैन । गठबन्धनको चुनावी अभियान ‘कुहिरो भित्रको काग’ जस्तै भएको छ ।

सिट बाँडफाँडमा सहमति खोज्न बसेको कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक पुनः विनानिष्कर्ष सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भए पनि पुरानै छलफल बाहेक नयाँ शीराको छलफल हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

सामान्य छलफलमै सकिएको गठबन्धनको बैठक आजै बेलुका चार बजे पुनः बस्ने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।

५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्