प्रहरी निरीक्षक रन्जु केसी ‘उजीर सिंह दीप पदक’बाट सम्मानित हुदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रहरी निरीक्षक रन्जु केसी ‘उजीर सिंह दीप पदक’बाट सम्मानित हुदै

    मा प्रकाशित

No description available.दुख हरण यादव
असोज ४ गढवा ।
इलाका प्रहरी कार्यालय गढवाको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक रन्जु केसी उजीर सिंह दीप पदक द्वितीयबाट सम्मानित हुनुहुने भएको छ । लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारतबाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिह दीप पदक द्वितीयबाट प्रहरी निरीक्षक केसीलाई सम्मानित गर्दै पुरस्कृत गर्ने भएको छ ।

प्रदेश सरकारको पुरुस्कार छनौट समितिले लुम्बिनी प्रदेशभित्र रहेर सामाजिक क्षेत्रमा योगदान गरेकाहरुलार्इ पुरुस्कृत गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको प्रबक्ता तथा आर्थिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदान दाताहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिदै बालिकाको भारत बाट सकुशल उद्दार गरेको योगदान बापत प्रहरी निरीक्षक रन्जु केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
गत असार २० गते इलाका प्रहरी कार्यालय गढवाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको रन्जुले डेढ बर्स देखि हराइरहेका राजपुर गाउपालिका वडा नं ६ निवासी डम्म्बर बहादुर बिकका छोरा १३ वर्षीय निकेश बिकलार्इ भारतको गोण्डाबाट सकुशल उद्दार गराउनु भएको थियो ।

प्रहरी निरीक्षक रन्जु केसी बिगत ३ वर्षदेखि प्र.नि.को जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँले गढवा राजपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सामुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यार्थीमा सचेतना होस् भन्ने उद्देश्यले विद्यालयमा गएर लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहनु भएको छ ।

१४ वर्षीया बालिकालाई भारतको पानीपतबाट सकुशल उद्धार गरी अभिभावकलाई बुझाउनु भएको उत्कृष्ट कार्यको मुल्यान्कन गर्दै लुम्बिनि प्रदेश सरकारले सम्मानित गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

कामको मुल्यांकन गर्दै संबिधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले उजिर सिंह दीप पदक द्वितियबाट पुरुस्कृत गर्ने निर्णय गरेकोमा आफु निकै उत्साहित भएको बताउदै केसीले सामाजिक कार्यमा अझै जिम्मेवार र कर्तव्यनिष्ठपूर्वक काम गर्ने जाँगर बढेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्