लामो दुरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गरिने – Kanika Khabar
Saturday, March 15Nepali News Portal

लामो दुरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गरिने

    मा प्रकाशित

असोज ४, काठमाडौँ ।
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दुरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगिबाट जोगाउन र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन नाकाहरूमा विशेष सुरक्षा जाचँको व्यवस्था गर्न लागेको जनाएको छ ।

थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजु लगायतका स्थानमा लामो दुरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको हो ।यस्तै, चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम गर्ने, बढी भाडा लिने गाडीलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गर्ने भएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्