विद्युत् प्राधिकरणले भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात ग¥र्यो – Kanika Khabar
Monday, July 14Nepali News Portal

विद्युत् प्राधिकरणले भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात ग¥र्यो

    मा प्रकाशित

असोज ४, काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणले भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात गरेको छ ।चालु आर्थिक वर्ष ०७९÷८० को दोस्रो महिना अर्थात भदौमा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भारतमा निर्यात गरेको हो ।

 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

 

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्