सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै – Kanika Khabar
Thursday, May 15Nepali News Portal

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    मा प्रकाशित

असोज ५, काठमाडौँ ।
मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकमा दलहरूबीच सबै सिटमा भागबण्डा मिल्ने दाबी गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले छलफल सहमति नजिक पुगेकाले आजको बैठकबाट सहमति हुने दाबी गर्नुभएको छ । उहाँका अनुसार १ सय ६५ सिटमा ८० प्रतिशतमा सहमति नजिक पुगेको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्